काेटेश्वरमा कांग्रेसकाे नारा : गृहमन्त्री रविकाे पाराले दु:ख पाए साराले, जिबि राई कहाँ छ, रविलाई थाहा छ [फाेटाे/भिडियो]

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै राँके जुलुस निकालेको छ ।
बिहीबार साँझ तरुण दलका नेता तथा कार्यकर्ताहरूले काठमाडौँस्थित कोटेश्वरमा राँके जुलुस निकालेका हुन् । उनीहरूले 'रविको पाराले दु:ख पाए साराले', 'गृहमन्त्री राजीनामा दे', 'जीवि राई कहाँ छ, रविलाई थाहा छ' लगायतका नारा लगाउँदै गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको थियो ।
भिडियो:
बुधबार सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको थियो ।
भिडियो:

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

संसद्मा विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैलाई दुख्दा निर्मल निवासलाई कि…

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति दे…
तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ : रास्वपा

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

प्रतिक्रिया