शनिबार फ्रेस केटीएमको आउटलेटमा ५० रुपैयाँमै चाहेजति नेपाली खरबुजा खुवाइने

काठमाडौँ- अहिले गर्मीको मौसम छ । गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्ये एक हो खरबुजा । तपाईँलाई पनि खरबुजा खान मन लागेको छ होला । उसो भए जेठ १२ गते अर्थात् भोलि शनिबार फ्रेस केटीएमले ५० रुपैयाँमा ग्राहकलाई चाहेजति नेपाली खरबुजा खुवाउँदैछ ।
खरबुजा फ्रेसकेटीएमको आफ्नै उत्पादन हो । नेपाली उत्पादनलाई प्रोत्साहन स्वरूप फ्रेस केटीएमले ग्राहकलाई ५० रुपैयाँमा चाहेजति खरबुजा खुवाउने भएको हो ।
फ्रेस केटीएमको आउटलेटमा ग्राहकले ५० रुपैयाँमा चाहेजति खरबुजा खान पाउने भएका हुन् । यो अफर झम्सीखेल, रातोपुल र भैसेपाटीका ग्राहकले पाउने फ्रेस केटीएमले जनाएको छ ।
फ्रेस केटीएमका अनुसार ग्राहकहरूले यो सुविधा भोलि बिहान ९ देखि साँझ ६ बजेसम्म पाउने छन् । पछिल्लो समय फ्रेस केटीएमले विषादी नियन्त्रित खरबुजा लगायतका विभिन्न तरकारीहरू आफैँ उत्पादन गर्दै आइरहेको छ ।
गर्मी मौसम भएकाले ग्राहकलाई राहत मिलोस् र नेपाली उत्पादनको बारेमा जानकारी दिन सकियोस् भनेर सस्तो मूल्यमा उपलब्ध गराउन लागेको हो ।
विषादीरहित नेपालमै उत्पादित कृषि थोकलाई फ्रेस केटीएमले प्रोत्साहन गर्दै आइरहेको छ । फ्रेस केटीएमले रौतहटमा सय बिघा क्षेत्रफलमा तरकारी तथा फलफूल उत्पादन गरिरहेको छ ।
फ्रेस केटीएमले रौतहटमा आफैँ मल उत्पादन गरी एकीकृत कृषि सञ्चालन गर्दै आइरहेको छ । ठूलो संख्यामा पाडा पालन गरी जैविक मलसमेत उत्पादन गरिरहेको छ ।
२०७८ भदौमा फ्रेस केटीएमको रातोपुलमा पहिलो आउटलेट स्थापना भएको थियो । न्यून रासायनिक पदार्थ प्रयोग भएका तरकारी र फलफूल किसानबाट सिधै खरिद गरी खुद्रा बिक्रेता माझ पुर्याउने उद्देश्यले युवाहरूले यो व्यवसाय सुरु गरेका थिए ।
छोटो समयमै लोकप्रिय बनेको नेपाली स्टार्ट अप कम्पनी फ्रेस केटीएमले नेपालको कृषि क्षेत्र र नेपालीको स्वास्थ्यमा परिवर्तन ल्याउनका लागि महत्त्वाकाङ्क्षी योजनासहित आक्रामक रूपमा अगाडि बढिरहेको छ ।

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया