आजको मौसम : कतै हावाहुरी, कतै हल्का वर्षा

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ।
हाल बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया