अशोक राई नेतृत्वको जसपा खोटाङको अध्यक्षमा निर्मल राई

खोटाङ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन भएका छन् । जसपाको शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भेलाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल हुँदा उपाध्यक्ष रहनुभएका राईलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
जसपाको जिल्ला भेलाले राईको नेतृत्वमा एक सय ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा वीरेन्द्र दर्नाल, सहसचिवमा टीकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन भएका छन् ।
जिल्ला भेलामा केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सनबहादुर राई, सङ्घीय परिषद् सदस्य राकेश राई र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ राईको उपस्थिति थियो । भेलाले अग्निप्रसाद राई, मुगाधन राई, डिल्लीराज राई, शान्ता राई, राजहरि राई, नगेन्द्रराज चाम्लिङ, देवराज राई, खड्गबहादुर राई, शिवकृष्ण राई, कम्पसेर राईलगायतलाई सदस्यमा चयन गरेको छ ।

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

प्रतिक्रिया