के युद्ध रोक्न रुसी राष्ट्रपति पुटिन तयार भएका हुन् ?
काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएको रिपोर्ट सार्वजनिक भएको छ ।
तर यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू अब उसको हिस्सा नै रहने गरि सहमति बनेमा पुटिन युद्ध रोक्न सहमत हुनेछन् ।
पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट यस्तो समयमा आएको छ, जब मस्कोले उत्तर-पूर्वी युक्रेनको खार्किभ क्षेत्रविरुद्ध नयाँ आक्रमण सुरु गरेको छ ।
पुटिनसँग काम गरेका एक व्यक्तिले एजेन्सीलाई भने 'पुटिनले चाहेको बेलासम्म लड्न सक्छन्, तर पुटिन पनि युद्धविरामका लागि तयार छन् किनकी अब रूससँग क्रिमियासम्म पुग्ने भूमि मार्गहरूमा पहुँच बनेको छ ।'
यस्तो सहमति बनेमा रुसीहरूले यसलाई आफ्नो जित मान्नेछन् । तिनीहरूले पश्चिमबाट आक्रमणको बाबजुद आफ्नो सार्वभौमसत्ता कायम राखेको भन्न सक्छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्सलाई भने, पुटिनले बारम्बार आफू वार्ताका लागि तयार रहेको र लामो युद्ध नचाहेको बताउँदै आएको बताएका छन् ।
यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पुटिनको सर्तमा कुनै पनि शान्ति सम्झौता स्वीकार गर्न चाहँदैनन् । उनले रुसी सेनाले कब्जा गरेको युक्रेनी क्षेत्र फिर्ता लिने वाचा गरेका छन् । यसमा सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया पनि समावेश छ ।
यस महिनाको सुरुमा रुसले खार्किभमा लडाईंलाई तीव्र पारेको थियो । मे १० मा रूसी सेना खार्किभमा एक किलोमिटर प्रवेश गर्यो । त्यसपछि जेलेन्स्कीले युक्रेनीहरूलाई सेनाबाट निष्कासन गर्न आदेश दिए ।
रुसले सबै रिजर्व सैनिकहरूलाई पनि फिर्ता बोलाएका छन्, ताकि उनीहरूलाई खार्किभमा तैनाथ गर्न सकियोस् । खार्किभ रुसी सेनाका लागि महत्त्वपूर्ण छ किनभने उनीहरूले २०२२ मा यहाँ हार बेहोरेको थियो । सन् २०२२ मा खार्किभमा पराजयपछि रुसले कुनै पनि हालतमा खार्किभलाई जित्ने योजना बनाएको छ ।
२४ फेब्रुअरी २०२४ मा रुस–युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको थियो । दुई वर्षअघि रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गरेका थिए । त्यसबेला पुटिनले यसलाई सैन्य कारबाही भनेका थिए । यस आक्रमणका कारण हालसम्म ४० लाखभन्दा बढी युक्रेनी नागरिकले देश छाड्नु परेको छ । यी मानिसहरू अहिले अन्य देशहरूमा शरणार्थीहरू जस्तै जीवन बिताइरहेका छन् । स्वदेशमै ६५ लाखभन्दा बढी युक्रेनी घरबारविहीन भएका छन् ।
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_PYbVl32OUB_jbgezurbkgt3isvlau0bxxbu8zgirc297efh4bgwsq3vy9pqj8z5ibtgdtuo.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

इरानद्दारा इजरायलमाथी १०० बढी ड्रोन हमला

प्रतिक्रिया