कांग्रेसको विरोधका बीच संसद् बैठक सुरू (LIVE)
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका बीच प्रतिनिधिसभाको बैठक सुरू बैठक भएको छ । आज बिहान ११ बजेदेखि बैठक बस्ने भनिए पनि ढिला गरी बैठक सुरू भएको हो ।
संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने प्रस्ताव रहेको छ ।
संघीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ । जसमा १४ वटा सम्भावित कार्यहरू उल्लेख छ ।
कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू सुनाउने, दोस्रोमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने मनोनयन गर्ने, त्यसपछि सुरक्षित मुद्रण सम्बन्धी विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन पेश गर्ने, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न सांसद प्रेम सुवाले सूचना राख्ने, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन् ।
यस्तै त्यसपछिको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि चारवटा विधेयकमाथि विभागीय मन्त्रीहरूले प्रस्तावहरू पेश गर्नेछन् । नीति तथा कार्यक्रमसँग सम्बन्धित र पारित गर्नेसम्मको कार्यसूची रहेको छ ।
सहकारी ठगी प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेको र संसदीय छानबिनको कार्यादेशमा दलहरूबीच सहमति अझै बन्न नसकेकाले आजको बैठक कसरी अघि बढ्छ भन्ने स्पष्ट रहेको छैन । कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरूसहितको बैठक आज बिहान बस्दै छ ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया