बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध हटाउने प्रयास सरकारले जारी राखेको बताए ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट भाषण हुने समयसम्म दलहरूबीच सहमति हुने बताएका हुन् ।
उनले भने- हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेको छु । आज बिहान मात्र कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको प्रयास गरेको छु । आज र भोलिमा बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति बन्ने कुरामा विश्वस्त छु ।'
प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति बनिसकेको र टिओआर बनाउने विषयमा सोमबार बिहान सम्म सहमति हुनसक्ने बताए ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया