आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

अमेरिकी पीजीए टूर गल्फर मुर्रेको ३० वर्षको उमेरमा निधन

काठमाडौँ- अमेरिकी गल्फर ग्रेसन मुर्रेको ३० वर्षकै उमेरमा निधन भएको छ । मुर्रेको निधन भएको पीजीए टूरले जनाएको बीबीसीले उल्लेख गरेको हो ।

पीजीए टूरको दुई पटकको विजेता मुर्रेले चार्ल्स श्वाब च्यालेन्जअन्तर्गत दोस्रो चरणको १६ होल खेलेपछि शुक्रबार बिरामी भएपछि खेल छाडेका थिए ।

तर, उनको मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ ।

सन् २०१६-१७ मा २२ वर्षको उमेरमा पीजीए टूरका लागि छनोट भएका मुर्रेले सन् २०१७ मा बारबासोल च्याम्पियनसीपमा जित हात पारेका थिए ।