बजेट निर्माणको काम अन्तिम चरणमा : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले योजना आयोगले तोकेको १८ खर्बको सिलिङभित्र नै बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका हुन् । कुनै मन्त्रालयले दबाब दिएको वा हस्तक्षेप गरेको विषयमा सत्यता नभएको उनले जिकिर गरे ।
त्यस्तै मन्त्री पुनले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदबाटै शान्तिपूर्ण रूपमा बजेट प्रस्तुत गर्ने तयारी भएको भन्दै प्रतिपक्षी दलले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षी दलले उठाएका मागलाई सम्बोधन गर्ने गरी सरकारले छलफल अघि बढाइसकेको अवस्थामा आन्दोलनलाई निरन्तरता दिनु जायज नभएको बताए ।
मन्त्री पुनले संसदमा निरन्तर अवरोध गर्नु लोकतन्त्रका लागि शोभनीय विषय नभएको प्रतिक्रिया दिए ।
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

‘धरानको खानेपानी समस्या समाधान हुन्छ’

नेपाल भारतसम्बन्ध राम्रो बनाउँदा दुवै देशलाई हित हुन्छ : उपप्रधानमन्त्री सिंह

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री ओली

‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’

प्रतिक्रिया