चक्रवात रेमाल : बंगलादेशको तटीय क्षेत्रमा हजारौं मानिस सुरक्षित स्थानतर्फ सारिँदै

काठमाडौँ- चक्रवात रेमालले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन् । हजारौं मानिसहरू सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् ।
चक्रवात रेमाल आइतबार साँझ ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ ।
तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रतर्फ गएकाहरुलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ ।
यो चक्रवात २६ मेको मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्ने बताइएको छ ।
भारतीय मौसम विज्ञान विभागले सागर टापुबाट करिब ४२० किलोमिटर दक्षिणमा रहेको पूर्वी–मध्य बंगालको खाडीमा रहेको भारी न्यून चापीय रेखा रहेको जनाएको छ ।
पश्चिम बंगालको दक्षिण २४ परगना र उत्तर २४ परगना जिल्लाहरूमा पनि चेतावनी जारी गरिएको छ र मानिसहरूलाई कमजोर भवनहरू खाली गर्न भनिएको छ।
हावाहुरीका कारण धेरै ठाउँमा बाढी आउन सक्ने तथा बिजुली तथा सञ्चार सम्पर्कमा क्षति पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया