डा. कोइरालाले भनेः जनताको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्यो

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले आज आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पैसा हिनामीना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका हुन् ।
कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद् र सडकबाट उठाएको उनले बताए । कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाबारे सिकाउन नपर्ने उनले बताए । 'संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर, यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ,' उनले भने ।
छिटो भन्दा छिटो सहकारी ठगीका विषयमा समिति बनाएर अगाडि बढ्न उनले सरकारलाई आग्रह गरे ।
कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे । उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया