नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षीय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन् । पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलोमा चार सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।
र, यो पनि

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्कियो

बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
‘प्यारोल’बाट ३७ कैदी छुटे

प्रतिक्रिया