आईपीएलः १० मैदानका ग्राउन्ड्समेन र क्यूरेटर्सले जनही २५ लाख भारु पाउने
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नियमित खेल भएका १० मैदानका ग्राउन्ड्समेन र क्यूरेटर्सले जनही २५ लाख भारतीय रुपैयाँ पाउने भएको छ ।
बीसीसीआईका सचिव जय शाहले सोमबार आईपीएलअन्तर्गत नियमित खेल भएका १० मैदानका ग्राउन्ड्समेन र क्यूरेटर्सले जनही २५ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका आईएएनएसले जनाएको हो ।
त्यसैगरी, थप खेल भएका तीन मैदानका ग्राउन्ड्समेन र क्यूरेटर्सलाई जनही १० लाख दिइने शाहले बताएका छन् ।
आइतबार राति सम्पन्न १७ औँ संस्करणको आईपीएलको उपाधि कलकता नाइट राइडर्सले जितेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया