खराब मौसमका कारण मनाङमै रोकियो मुख्यमन्त्रीसहितको टोली

काठमाडौँ : बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि पोखराबाट मनाङ पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा आएको खराबीका कारण मुख्यमन्त्रीको टोली मनाङमै रोकिएको मनाङबाट पत्रकार प्रकाश ढकालले जानकारी दिए ।
मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङलगायतको टोली राहत सामग्रीसहित आज बिहीबार मनाङ गएको थियो । त्यस्तै आज अपरान्हमा उक्त टोली हेलीकप्टरमार्फत पोखराका लागि उडे पनि मौसम प्रतिकुल भएपछि पुनः चामेनै फर्किएको थियो । मुख्यमन्त्रीको टोलीले बाढी पहिरोका कारण समस्यामा परेका बालबालिका, गर्भवती महिला र दीर्घ रोगीसहित १२ जनालाई उद्धार गरेर पोखरा ल्याउन लागे पनि सम्भव भएन । मुख्यमन्त्री नेपालीले भोलि प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया