एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कमिटीको सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको महाधिवेशन दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेज थप छलफलका लागि मातहतका कमिटीमा पठाउन निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । परिमार्जन गरिएका ती दस्तावेज भोलि मातहतका कमिटीमा पठाइने छ ।
बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । संंसद्को गतिरोध अन्त्य गर्न अध्यक्ष नेपाल नेतृत्वको टोलीले विभिन्न दलसँग गरेका संवादबारे छलफल भएको बैठकमा आगामी सचिवालय बैठकबाट प्रतिनिधि छनौट गर्ने निर्णय भएको छ ।
‘अर्बान एन्ड रूरल डेपलभमेन्ट’, ‘पोलिसी’, ‘प्लानिङ’, अनुभव आदानप्रदान कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कूल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सातजनाको टोली चीन भ्रमणमा पठाउने निर्णय बैठकले गरेको छ । उक्त बैठक यही जेठ १६ गतेदेखि पाँच दिनसम्म चल्नेछ ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यताका नामावली विवरण अद्यावधिक गरिएको जनाइएको छ ।

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया