अत्यधिक गर्मीले बर्दियामा तीन दिन विद्यालय बन्द

बर्दिया- बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले तीन दिन विद्यालय बन्द गरेका छन् । बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले यही जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए । तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ । भोलि अर्थात् मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेका छन् ।
गर्मीका कारण ‘लू’ लागेका, पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरो पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया