सन्दीप लामिछानेलाई भिसा नदिएको खण्डमा जेठ १६ गते अमेरिकी राजदूतावास घेराउ गरिने [भिडियोसहित]

काठमाडौँ- विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको खण्डमा आगामी जेठ १६ गते माइतीघर मण्डलादेखि र्याली निकाल्दै नेेपालस्थित अमेरिकी राजदूतावास घेराउ गरिने भएको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो पोस्ट गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले यस्तो घोषणा गरेका हुन् । उक्त घोषणामा शाहीले पार्टीगत नभइ व्यक्तिगत र एउटा राष्ट्रवादी शक्तिहरूको रूपमा घोषणा गरेका हुन् । यसमा राप्रपाको सहभागिता भने रहँदैन । किनभने शाहीले सन्दीप लामिछानेको समर्थनका हिसाबले र्याली निकाल्ने बताएका छन् ।
साथै उनले सन्दीपका लागि आवाज उठाउँदै अमेरिकी राजदूतावास घेराउमा सहभागी हुन देशभरका नागरिकलाई अपील समेत गरेका छन् ।
उनले भनेका छन्, 'विश्वमा नेपाली झण्डा फरफराउन नेपाल र नेपालीको लागि #sandiplamichhane को लागि को-को तयार हुनुहुन्छ सम्पर्क नम्बर दिनुहोस् पर्सि १६ गते माइतीघर मण्डला हुँदै अमेरिकी राजदूतावास घेराउको लागि ।।'
अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरू नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर, अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि खेलाडी परिवर्तनका लागि सहमति दिने जानकारी गराएको थियो । तर, अमेरिकी दूतावासका अधिकारीले भिसा दिन मानेका छैनन् ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया