७ सदस्यीय संसदीय समिति गठन हुने, कार्यादेशमा गृहमन्त्री रविको नाम उल्लेख नहुने

काठमाडौँ- संसदीय छानबिन समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेका हुन् ।
कार्यादेशमा लगभग सहमति बनेकाले आज ११ बजे बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने कानुनमन्त्री पदम गिरीले जानकारी दिए । सोमबार भएको छलफलमा ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ ।
जसमा कांग्रेसबाट २, एमालेबाट २, नेकपा माओवादी केन्द्रबाट १, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट १ र राप्रपाबाट १ जना सदस्य रहने गरी संसदीय समिति बनाउने सहमति भएको छ । उक्त समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइनेछ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समितिको कार्यादेश बनाउने अडान राखे पनि एमाले र रास्वपा सहमत नभएपछि सहमति हुन सकेको थिएन् ।
तर सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा भेटेर छलफल गरेपछि साँझको बैठकमा कांग्रेस लचिलो बनेको थियो ।
सोमबार साँझको बैठकमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरेर समिति गठन गर्न कांग्रेस लचिलो बनेपछि दलहरू सहमति नजिक पुगेका हुन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया