किन गोप्य राखिन्थ्यो राणाकालमा बजेट ?

राणा सरकारको प्रशासनको मूलमन्त्र थियो, खर्च सकभर घटाउने र आम्दानी जतिसक्यो धेरै बढाउने । खर्च घट्न गइ बचेको र बढी आम्दानी भएको सबै रकम श्री ३ महाराजको बाहुली दाखिला हुने हुँदा ।
राणा सरकारको अति कडा दरबन्दी व्यवस्थाले गर्दा श्री ३ महाराजको खड्ग निशाना बेगर चार पैसा खर्च लेख्न, मिनाहा बक्स दिन र लगती आम्दानी घटाउन पाइँदैनथ्यो ।
‘कच्चा नछाड्नु, जम्माजम्मी नगर्नु’ भन्ने सवाल थियो । यस नियमले गर्दा राष्ट्रको जम्माजम्मी आम्दानी खर्च श्री ३ महाराज सिवाय अरु कसैले थाहा पाउने सम्भव थिएन । धर्मशास्त्रमा संकेत ९ गोपनियतामध्ये राष्ट्रको आयको चर कसैलाई नदिनु भन्ने कुराको राणा सरकारले २००० सालसम्म राम्रोसँग पालना गरेको थियो । यसरी राणा व्यवस्था र धर्मशास्त्रको आड पाएका श्री ३ महाराजले राष्ट्र धनलाई आफूले हडप्दथे र अरुले गरेको खर्चमा ठूलो निगरानी राख्थे ।
सुधार गर्ने हो भने प्रधानमन्त्रीले वार्षिक तीन लाख रुपैयाँको तलबमा चित्त बुझाउनपर्दछ भन्ने मुख्तियार मोहनशम्शेरको पद्मशम्शेरलाई धम्की थियो । त्यस्तो धम्की श्री मोहनशम्शेरले बराबर श्री ३ पद्मलाई सुनाउँदथे भन्ने कुरा पनि गाइँगुइँ सुनिन्थ्यो ।
नेपालमा बजेट पास गर्ने व्यवस्था बसाली प्रधानमन्त्रीको तलब वार्षिक रु. ३ लाख (तीन सरकारको तीन लाख) ठेक्नपर्दछ भन्ने कुरा प्रसङ्गमा चल्दा तीन लाखे हुन्थे । प्रधानमन्त्री को हुन चाहन्छ भनी केही रोलवाला वरिष्ठ राणाहरू ओठ लेप्य्राएर च्याँठिन्थे-आर्थिक नियन्त्रणभित्र बस्न उनीहरूको कत्ति मन नहुँदा पनि ।
पछिसम्म पनि नेपालको आय-व्यय गोप्य राख्नपर्दछ भन्ने धेरै राणाको भनाइ आधारित थियो- हाम्रै धर्मशास्त्रमा उल्लिखित नव गोप्यता (आयुर, वित्तम, गृहच्छिद्रम्, मन्त्रा, मैथन, मेषजन् । तमोमाना अपमानश्च नवगोप्यति घत्नम्)को पालन गर्नपर्दछ भन्ने कथन र आर्थिक उत्तरदायित्व वहन गर्न नखोज्ने मनोवृत्तिमा ।
गुरु भनाउँदाहरूले पनि यो गोप्यता भङ्ग नहोस् भनी चेलाहरूलाई सदा अर्ती दिन्थे, कान फुक्दथे । गाँठका निर्धा श्री ३ पद्मशम्शेर प्रधानमन्त्री भएपछि साविकका प्रधानमन्त्रीले जस्तै राष्ट्रको धन कुम्ल्याउने लोभबाट मुक्त भएका थिएनन् । त्यसैले नेपालमा वैधानिक सुधार गर्ने हो भने प्रधानमन्त्रीले सीमित तलबमा चित्त बुझाउनुपर्दछ भन्ने मुख्तियार मोहनशम्शेरको धम्कीले रामवाणको काम गर्यो र श्री ३ पद्म फड्को चल्न सकेनन् ।
(सरदार भीमबहादुर पाँडेले पाँच भागमा लेखेको ‘त्यस बखतको नेपाल’ पुस्तकबाट ।)

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया