गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर

काठमाडौँ- वि.सं. २०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आगामी जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवस (Republic Day) को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि Republic Day Offer उपलब्ध गराउने भएको छ । सो अफर सोमबारदेखि प्रारम्भ भई जेठ १६ सम्म लागु हुने जनाएको छ ।
यस अन्तर्गत रु.४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने टेलिकमले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

प्रतिक्रिया