कोठा खोज्दा जातीय विभेद गर्ने घरबेटीविरुद्ध रुपा सुनारले दिइन् प्रहरीमा उजुरी
काठमाडौँ : कोठा खोज्ने क्रममा जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानविरुद्ध पत्रकार तथा कलाकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । बिहीबार दिउँसो उनले सिंहदरबार प्रहरी वृत्तमा उजुरी दर्ता गरेकी हुन् ।
मंगलबार कोठा खोज्ने क्रममा उनलाई घरबेटी प्रधानले जातीय विभेद गरेकी थिइन् । जुन कुरा रुपाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीमा उजुरी दर्ता गर्न धेरैको सुझाव आएको थियो ।
सोही सुझावसँगै घरबेटीविरुद्ध कानुनी लडाई लड्न उनले बिहीबार प्रहरीमा उजुरी दर्ता गरेकी हुन् । उजुरीमा उनले आफूमाथि जातीय विभेद गर्ने घरबेटी प्रधानलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छिन ।
कोठा खोज्दा सुरुमा खाली छ भनेको तर जात सोध्दा 'म दलित समूदायकी हुँ' भन्दा घरबेटी प्रधानले ठाडै फोन गरेर कोठा दिन नसकिने बताएकी थिइन् ।
इमेज टेलिभिजनमा कार्यरत सुनार पेशाले मोडलिङमा पनि सक्रिय छिन् । पछिल्लो समय उनी जातीय विभेदविरुद्धको अभियानमा सक्रिय हुँदा आफैले जातीय विभेद भोगेकी हुन् ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया