ओडारमा बसेका दुई बालबालिकाको पहिरोले च्यापिएर मृत्यु

धनगढी : डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको माथिबाट आएको पहिरोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका-५ का ७ वर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी ११ वर्षीया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । बाख्रा चराउन गएका उनीहरू पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएर उनीहरूको मृत्यु भएको उनले बताए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया