कुन शीर्षकमा बजेट घट्यो, कुनमा बढ्यो ? (सूचीसहित)

काठमाडौँ- सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन् ।
चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि १ खर्ब ९ अर्ब बढी बजेट ल्याएको हो ।
चालु आवको चालु खर्च ११ खर्ब ४१ अर्ब ७८ करोड थियो । तर सरकारले आगामी वर्षमा चालु खर्च १ अर्ब १२ करोड रूपैयाँ घटाएको छ । सरकारको आगामी वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड रूपैयाँ चालु खर्च रहने अर्थमन्त्री पुनले बजेट व्यक्तव्यमार्फत जानकारी दिएका दिएका छन् ।
त्यस्तै चालु आवमा पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड रहेको थियो । तर आगामी वर्षमा भने ५० अर्ब २८ करोड रूपैयाँ बढी अर्थात ३ खर्ब ५२ अर्ब ३५ करोड रूपैयाँ रहेको छ ।
त्यस्तै वित्तीय व्यवस्थातर्फ चालु आवमा ३ खर्ब ७ अर्ब ४५ करोड रूपैयाँ थियो तर आगामी वर्ष भने ५९ अर्ब ७३ करोड बढी अर्थात ३ खर्ब ६७ अर्ब १८ करोड रहेको छ ।
त्यस्तै चालु आवमा ४ खर्ब ८ अर्ब रूपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको थियो । तर आगामी वर्ष २७ करोड बढी अर्थात ४ खर्ब ८ अर्ब २७ करोड रूपैयाँ हस्तान्तरण हुनेछ ।
त्यस्तै राजस्व शीर्षकमा १२ खर्ब ४८ अर्ब ६२ करोड थियो । तर आगामी वर्ष ११ अर्ब ६८ करोड बढी अर्थात १२ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ रहेको छ ।
त्यसैगरी चालु आवमा भन्दा आगामी आवमा आन्तरिक ऋण ९० अर्ब बढी रहेको छ । चालु आवमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण थियो । आगामी आवमा भने ३ खर्ब ३० अर्ब रहने छ ।
त्यस्तै वैदेशिक ऋण चालु आवमा २ खर्ब १२ अर्ब ७५ करोडमा आगामी आवमा ४ अर्ब ९२ करोड बढी हुनेछ ।
त्यसैगरी चालु आवमा वैदेशिक अनुदान ४९ अर्ब ९४ करोडमा आगामी वर्ष ३ अर्ब ६१ करोड बढी अर्थात ५२ अर्ब ३३ करोड हुने उल्लेख छ ।

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया