आजको मौसम : 'रेमल' चक्रवातको आंशिक प्रभाव

काठमाडौँ- नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको आंशिक प्रभाव रहेको छ।
हाल देशको कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

यस्तो छ आजको राशिफल

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

आर्थिक सङ्कट झेल्दै ‘हाम्रो मायाघर’

भोलिदेखि दिक्तेलका मेयर भट्टराई आमरण अनसन बस्ने

सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

प्रतिक्रिया