आज सगरमाथा अन्तर्राष्ट्रिय दिवस, सरकारले पनि बजेटमै गर्यो दिवस मनाउने घोषणा

काठमाडौँ- आज मे २९ तारिखका दिन विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।
पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी ६ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।
यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाइन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बन्यो ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ ।
यसैबीच सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रूपमा मनाउने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा दिवस मनाउने घोषणा गर्दै त्यस अवसरमा हिमाली पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्थालाई सम्मान गरिने जनाइएको छ ।

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि देशभर सार्वजनिक यातायात सञ्चालन …

नेपाल शेर्पा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान तेन्जी शेर्पाको उ…

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया