गैर सहकारीवालाहरूको प्रवेश भएकाले केही सहकारी बदनाम भयो : अध्यक्ष ओली

काठमाडौँ - एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको संगठन बलियो भएका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा बुधबार काठमाडौंमा सुरु पहिलो राष्ट्रिय महिला भेलामा बोल्दै उनले अहिले पनि एमाले विद्यार्थी संगठनसंग चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत कसैसँग नभएको जिकिर गरे ।
ओलीले सहकारीमा गैर सहकारीवालाहरुको प्रवेश भएकाले केही सहकारी बदनाम भएको बताए । उनले साँचो उद्देश्यका साथ स्थापना भएका सहकारी अहिले पनि संकटग्रस्त नरहेको उल्लेख गरे ।
दुई दिनसम्म चल्ने भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सुत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने एमालेले जनाएको छ ।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी लगायतको सहभागिता रहेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया