आइसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आजदेखि
काठमाडौँ : आइसीसी विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको फाइनल खेल आजदेखि सुरु हुँदैछ । इंगल्यान्डको साउथह्याम्पटनमा भारत र न्यूजिल्यान्डबीच हुने फाइनल खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ । खेल पाँच दिनसम्म चल्नेछ । सन् २०२० मा टेस्ट च्याम्पियनशिपको शीर्ष स्थानमा रहेका दुई टिमबीच फाइनल खेल हुन लागेको हो ।
उपाधिका लागि दुवै टिमबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ । भारतको कप्तानी विराट कोहलीले गरेका छन् । जो पछिल्लो दशककै उत्कृष्ट खेलाडी मानिन्छन् । उनकै कप्तानीमा भारतले धेरै टेस्टमा जित हात पार्नुका साथै पछिल्लो पाँच वर्ष यता शीर्ष स्थानमा रहन सफल रहेको थियो ।
यस्तै न्यूजिल्याण्डको कप्तानी केन विलियम्सनले गरेका छन् । केही समय अघिसम्म केन टेस्ट क्रिकेटका नम्बर एक व्याट्सम्यान थिए । उनले हालै न्यूजिल्यान्ड्सलाई पनि टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए । विलियम्सन भने आइसीसी टेस्ट ब्याट्सम्यानकाे दाेस्राे बरियतामा रहँदा काेहली भने चाैथाे बरियतामा छन् ।
गएको हप्ता मात्रै न्यूजिल्यान्डले इंगल्यान्डलाई हराउँदै दुई खेलको टेस्ट सिरिज हात पारेको थियो । जसकारण न्यूजिल्यान्ड टेस्टको नम्बर एक टिम बन्यो भने इंगलिस पीचमा अभ्यस्त हुने मौका समेत पायो । सोही कारण फाइनलमा भारत भन्दा न्यूजिल्यान्ड बलियो टोलीका रुपमा दरिएको छ ।
सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको सेमीफाइनलमा न्यूजिल्यान्डले भारतलाई हराएको थियो । भारत आज सोही हारको बदला लिन मैदान उत्रिनेछ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया