कमल फुल्ने त्यो कमल पोखरी [फोटो फिचर]

काठमाडौँ - कमल पोखरी काठमाडौँको केन्द्रमा रहेको प्रसिद्ध पोखरी हो । यसले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । परापूर्व कालमा यो पोखरीमा कमलको फूल फूल्ने भएकाले यसको नाम कमलपोखरी रहन गएको किंवदन्ती छ । अहिले यहाँ कमल फुल्दैन । भूकम्प गएसँगै क्षति भएको यो पोखरीको काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको छ।
पुनर्निर्माणका क्रममा कङ्क्रीटको प्रयोगले 'राजधानी सहरको परम्परागत पोखरीको मौलिकता बिग्रन्छ' भन्दै विरोधसमेत भएको थियो । २०३३ सम्म यो पोखरी ४६ रोपनीमा थियो । अहिले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । पोखरीको जग्गा सत्ता र शक्तिको आडमा विभिन्न व्यक्तिहरूले हडपेसँगै क्षेत्रफल साँघुरिएको हो ।
अहिले पुनर्निर्माण गरिएको पोखरी सर्वसाधारणका लागि खुला भएको छ । गर्मी मौसममा पोखरी हेर्दै शीतल खानेको भिड देख्न सकिन्छ । बिहान साँझ 'वाक' का लागि मानिसहरू यहाँ आउने गर्छन् । वरिपरि फुलेका सुन्दर फूलहरूले पोखरीको सौन्दर्यता बढाएको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_eC5SuwVaai_rctbtwhkbzwxquf5d15izepbrjmjsl0x621xjwnlxfbwdhw8g1enrkvhusx5.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_OUZ3rinxGt_xiairzlxsam0g6yfbnpydvjkpps9d177e7yl6thqzqvzrohuxwdeepobeqmv.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया