आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । 

नेपाली क्रिकेट समर्थकहरूले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।