आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । शुक्रबार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री पोखरेलले मंगलबार संसद सचिवालयमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेले २८ असारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यता भएपनि सरकारका कामकारबाही अघि बढाउन विश्वासको मत लिन लागेका हुन् ।
४ दलीय गठबन्धनमा किचलो आउन नदिन र सरकारका कारबाही अघि बढाउन विश्वासको मत लिएपछिमात्रै मन्त्रालय विस्तार गर्ने मुख्यमन्त्री पोखरेलले तयारी गरेका छन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरलाई नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्र सांसदको साथ छ । पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेपछि सांसद कायम संख्या ५९ छ ।
मन्त्रालय विस्तार र नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी नतोक्दा सरकारको कारबाही अघि बढाउन समस्या आएको छ । विश्वासको मत अघि नै मन्त्रालय विस्तार र मन्त्रालय भागभण्डा गरे गठबन्धनमा किचलो आउन सक्ने डरले मुख्यमन्त्रीले त्यसो गर्न सकेका छैनन् । शनिबार ४ जनालाई मन्त्री बनाएर सपथ लिएका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रालय विस्तार गर्ने र मन्त्रालयको जिम्मा तोक्ने तयारी गरेका छन् ।
शनिबार मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका थिए । अहिले यी ४ जना नै विनाविभागीय हुन् ।
मुख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै पोखरेल सरकारले बजेट ल्याएको थियो । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जम्बो गठबन्धन सहित मुख्यमन्त्री बनेका पोखरेललाई गठबन्धनलाई एक ढिक्का बनाएर राख्नुपर्ने चुनौती छ । नेकपामा आएको फुटझैं गठबन्धनमा पनि फुट सिर्जना हुनसक्ने संशय मुख्यमन्त्री पोखरेलमा छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन लामो समय नजाने र फुट सिर्जना हुने आँकलन गरिसकेका छन् ।
निवर्तमान मुख्यमन्त्री गुरुङले भनेझैं गठबन्धनमा किचलो आएको स्पष्ट देखिन्छ । जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले आफू सरकारलाई साथ दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएकी छन् । आफूहरुको गठबन्धनमा सरकारमा जाने बेला २ जना नै सांसद जानुपर्ने सहमति गरिएपनि १ सांसदमात्र मन्त्री भएपछि लामा रुष्ट छिन् ।
आफूलाई पनि १ मन्त्रालय दिएर सरकारमा लैजानुपर्ने उनको माग छ । ‘हाम्रो सहमति २ मन्त्रालय, थ्रेसहोल्डको खारेज र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइनुपर्छ भन्ने थियो, सहमतिमा नचलिएकाले साथ दिन सकिन्नँ,’ उनले भनिन् । तत्कालिन नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि मुख्यमन्त्रीमा पोखरेलको दाउ लागेको थियो ।
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र

बजेट अभावले आधारभूत अस्पताल अधुरै
जुनियर टेनिस प्रतियोगिता आजदेखि

महासचिव पाण्डे गृह जिल्लामा सम्मानित

बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

प्रतिक्रिया