चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

काठमाडौँ - भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् ।
अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको विवेकानन्द रक मेमोरियलमा ध्यान गर्ने छन् । आज उनको ध्यानको दोस्रो दिन हो । मोदीको ध्यानका धेरै तस्विरहरू बाहिर आएका छन् । तस्विरमा प्रधानमन्त्री मोदी केसरन कुर्ता र गमछमा देखिएका छन् । उनी स्वामी विवेकानन्दको मूर्तिको अगाडि बसेर ध्यान गरिरहेका छन् । उनको हातमा माला रहेको छ ।
यस ध्यान मण्डपको विशेष कुरा यो छ कि यो त्यही ठाउँ हो जहाँ स्वामी विवेकानन्दले देशको भ्रमण गरेपछि तीन दिनसम्म ध्यान गरेका थिए । यहीँ उनले विकसित भारतको सपना देखेका थिए । यस स्थानमा देवी पार्वतीले एक खुट्टामा उभिएर ध्यान गरेको जनविश्वास छ ।
प्रधानमन्त्री मोदी बिहीबार कन्याकुमारी पुगेका थिए । प्रधानमन्त्री दक्षिण भारतको परम्परागत पहिरनमा धोती लगाएर देखिएका थिए । उनले अफ-सेतो रंगको सल लगाएका थिए। कन्याकुमारी पुगेर भगवती अम्मान मन्दिरमा पूजापाठ गरेका थिए ।
प्रधानमन्त्री मोदीको यो आध्यात्मिक बसाइलाई लिएर कन्याकुमारीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उनीहरुको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विवेकानन्द रक मेमोरियलमा प्रधानमन्त्री मोदी नबसेसम्म कुनै पनि आम पर्यटकलाई त्यहाँ जान नदिने बताइएको छ । मोदीको सुरक्षाका लागि एनएसजी कमाण्डो तैनाथ गरिएको खबर पनि छ ।
कन्याकुमारी भारतका लागि धेरै हिसाबले विशेष छ । यो जहाँ भारतको पूर्वी र पश्चिमी तटरेखाहरू मिल्छन्। यो कन्याकुमारीमा अरब सागर, हिन्द महासागर र बंगालको खाडी मिल्छ ।
आम चुनावको अभियान समाप्त भएपछि, मोदी हरेक पटक आध्यात्मिक यात्रामा जान्छन् र २०१९ को चुनाव प्रचार पछि, उनी केदारनाथ गए र वर्ष २०१४ मा उनी शिवाजी महाराजसँग सम्बन्धित प्रतापगढ गएका थिए ।

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_7QQ7nRtZz1_ytdx0htgf3cqfd8wgcvkiimu7zmc7qxl9xgz7xj9bjaqxwwchuv3jsrccrrg.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

रूसी आक्रमणमा २५ युक्रेनीको मृत्यु,

प्रतिक्रिया