क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रुपमा राखिएको स्पष्ट गरेका छन् ।
अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् । अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताउँदै आइसीसीको पत्र समेत सार्वजनिक गरेका छन् ।
उनले आइसीसीले नेपाललाई विशेष सुविधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउँमा अन्य खेलाडीलाई राख्ने सुविधा दिएको उल्लेख गरेका छन् ।
साथै उनले नेपाली टोली अमेरिका जाने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको र उनले सफाइ पाइनसकेका बताउँदै आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको बताएका छन् । क्यानले सतर्कता साथ गोप्य राख्नुपर्ने विषयलाई कमजोरीका रुपमा व्याख्या नगर्न समेत आग्रह गरेका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया