दैलेखमा पेट्रोलियम पदार्थ उत्खननमा दर्जनौं कामदार जुटे

दैलेख - जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौं कामदार एवं प्राविधिक जुटेका छन् ।
उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।
चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया