आस्ले योङ १४ वर्षपछि एस्टन भिल्लामै

काठमाडौँ : इंग्लिस विङ्गर/फुलब्याक आस्ले योङ आफ्नाे पुरानो क्लब एस्टन भिल्ला फर्किएका छन् । भिल्लाले शुक्रबार उनलाई अनुबन्ध गरेको घोषणा गरेको हो । ३५ वर्षीय योङ ‘फ्रि-ट्रान्सफर’मा इन्टर मिलानबाट इंगल्यान्ड पुगेका हुन् । पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी योङले भिल्लासँग एक वर्षे सम्झौता गरेका हुन् ।
योङ जनवरी २०२० मा इन्टरसँग आबद्ध भएका थिए । गत सिजन इन्टर इटालियन सिरी ए च्याम्पियन बन्दा योङले ३४ खेल खेलेका थिए । ‘भिल्ला फर्केर आउन पाउँदा खुशी लागेको छ । मैले छाडेर गएको बखत भन्दा अहिलेको भिल्ला बलियो छ । म नयाँ सिजनका लागि उत्साहित छु’ योङले भने ।
योङ सन् २००७ देखि २०११ सम्म भिल्लामा रहे । त्यहाँ झन्डै २०० खेल खेलेर युनाइटेड लागेका योङले एलेक्स फर्गुसनको प्रशिक्षणमा एक-एक प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा लिग जितेका जिते । ‘आस्ले अनुभवी खेलाडी हुन् । उनले क्लब तथा अन्तराष्ट्रिय स्तरमा उच्च स्तरका खेल खेलेका छन् । उनले हाल मात्रै पनि इटालियन लिग जितेका छन्,’ भिल्लाका प्रशिक्षक डिन स्मिथले भने । योङले इंगल्यान्डका लागि ३९ खेल खेलेका छन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया