‘पूँजी बजार कसरी अगाडि बढ्छ सरकारले चाल्ने कदममा भर पर्छ’ (भिडियो अन्तर्वार्ता)

चार्टड एकाउण्ट आशिष रानाभाट मियो सेक्युरिटिज (ब्रोकर नम्बर ६६) का नायव प्रमुख कार्यकारी अधिकृत हुन् । रानाभाट सरकारले ल्याएको २०८१/८२को बजेटमा पूँजीगत खर्च निकै कम भएको बताउँछन् ।
कुल बजेटको ६० प्रतिशत बजेट तलब भत्तामा खर्च गरिने भएकाले बजेट देशको अप्रेशनका लागि मात्रै ल्याइएको उनको धारणा छ । 'देश विकास र समृद्धिका लागि छुट्याएको बजेट निकै कम छ', उनले भने ।
२० प्रतिशत बजेट सबै खर्च भएमा अहिले देशले भोगिरहेको आर्थिक संकटबाट अगाडि बढ्न सकिने उनी बताउँछन् । देशले खर्च गर्न सक्ने क्षमता पनि बढाउँदै लानुपर्ने उनले बताए ।
बजेटले राखेका पाँच उद्देश्यमध्ये निजी क्षेत्रलाई सँगै लिएर जाने भन्ने उद्देश्यलाई सकारात्मक रुपमा लिनुपर्ने उनको धारणा छ । निजी क्षेत्रको मागहरु कति सम्बोधन भए भएनन् अलग पाटो रहेको बताउँदै सरकार काम गर्न इच्छुक रहेको भाषा बजेटबाट आउनु राम्रो पक्ष भएको उनले बताए ।
बजेट भाषणका दौरानमा धेरै पटक निजी क्षेत्रको नाम लिएकाले निजी क्षेत्रको मनोबल बढेको रानाभाटको भनाइ छ । ‘आर्थिक गतिविधि कसरी अगाडि बढ्छ भन्ने कुराले सरकारले बोलेका कुरा प्रष्ट हुन्छ’, उनले भने ।
पूँजी बजारबारे बजेटमा नीतिगत सुधारको कुरामात्रै उल्लेख रहेको उनले बताए । ‘सेवनको नियमनकारी भूमिकाको अभिवृद्धि, संरचनागत सुधार गर्ने लगायत नीतिगत कुराहरूमात्रै छ’, उने भने ।
उनै रानाभाटसँग बजेट आएपछि पूँजी बजारको अवस्था कस्तो हुन्छ ? अहिलेको तरल आर्थिक अवस्थामा देश कसरी अगाडि बढ्छ ? भनेर इकागजकर्मी शुरज थपलियाले गरेको कुराकानीको अंश ।
हेर्नुहोस् भिडियो:

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

नेप्से निरन्तर ओरालोतिर

नेप्से परिसूचकमा निरन्तर गिरावट

नेप्से परिसूचक घट्यो

क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँट मंगलबार

नेप्से परिसूचकमा २१ अंकको गिरावट

प्रतिक्रिया