त्रिवि स्नातक तहको वार्षिक क्यालेन्डर : २०८१ पुसमा परीक्षा, २०८२ वैशाखमा नतिजा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले २०८१ को वार्षिक शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको छ ।
त्रिविले सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि स्नातक तहको आवेदन फारम साउनको तेस्रो सातादेखि भदौको दोस्रो सातासम्म खुल्ने प्रस्ताव गरेको हो ।
कानुन, मानविकी तथा समाजशास्त्र र व्यवस्थापन संकायका सेमेस्टरका लागि पनि यही शैक्षिक क्यालेन्डर लागू हुने त्रिविले जनाएको छ ।
त्रिविका अनुसार यी संकायको प्रवेश परीक्षा भदौको तेस्रो सातामा हुने र भर्ना भदौको चौथो हप्ता खुल्ने छ ।
माथि उल्लेखित संकायको स्नातक तह पहिलो सेमेस्टरको पढाइ सुरु असोजको पहिलो सातामा सुरु हुनेछ । यी संकायको पहिलो सेमस्टको परीक्षा २०८१ पुस ३ गतेदेखि सुरु हुनेछ भने २०८२ वैशाख १ गते नतिजा प्रकाशन हुनेछ ।
माघको २ गतेबाट दोस्रो सेमेस्टरको पढाइ सुरु हुनेछ । २०८२ असार २ गतेदेखि तेस्रो सेमेस्टरको पढाइ सुरु हुने र २०८२ मंसिर ३ देखि चौथो सेमेस्टरको पढाइ सुरु गर्ने त्रिविले जनाएको छ ।
२०८३ जेठ १ गतेबाट पाँचौ सेमेस्टर सुरु हुनेछ । छैठौँ सेमेस्टर २०८३ मंसिर १, सातौँ २०८४ वैशाख २ र आठौँ सेमेस्टरको पढाइ २०८४ कात्तिक ४ गतेबाट सुरु हुने त्रिविले जनाएको छ ।
यस्तो छ प्रस्तावित क्यालेन्डर:

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_yUXn959Evn_uznnnv0hjswj3pluve8mqdrkj0dex1fxip7byfhg3cghttclxe1vqaedjqtb.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया