आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।

सोहीअनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने परीक्षा जनाइएको छ ।

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।