शिक्षामन्त्री सुमनाप्रति ओलीको टिप्पणीः नेपाल घुम्न आउँदा मन्त्री भइन्

काठमाडौं – नेपालका पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि लक्षित गरेको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
केपी शर्मा ओलीले शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गरेर दिएको विवादास्पद टिप्पणीले व्यापक आलोचना र असन्तोष निम्त्याएको छ। सार्वजनिक भएको भिडियो झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीको बेलामा अध्यक्ष ओलीले श्रेष्ठ विदेशीसँग बिहे गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको टिप्पणी गरेका हुन् ।
श्रेष्ठ हाल नेपाल सरकारको शिक्षामन्त्रीको रुपमा कार्यरत छिन्। सार्वजनिक भएको भिडियोमा सार्वजनिक विद्यालयका शिक्षकहरूको सरुवाको बारेमा श्रेष्ठले अघि सारेको विद्यालय व्यवस्थापन समितिको अनुमतिबिना शिक्षक सरुवा गर्ने निर्देशिका जारी हुनुअघि व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानलगायत प्रतिनिधिहरूले त्यसलाई सच्याउन माग गर्दै ओलीसँग भेटेका थिए । यसै सन्दर्भमा ओलीको उक्त टिप्पणी आएको हो।
पूर्वप्रधानमन्त्री ओलीले यसअघि पनि बारम्बार विवादास्पद र अपमानजनक टिप्पणीहरू गर्ने गरेका छन्। तर, यस पटकको टिप्पणी विशेषगरी महिला अधिकार र सम्मानको सवालमा गम्भीर प्रश्न उठाएको छ। समाजका विभिन्न तह र तप्काबाट ओलीको अभिव्यक्तिप्रति व्यापक आलोचना भइरहेको छ। धेरैले यसलाई महिलाप्रति गरिने हल्का व्यवहार र अपमानजनक टिप्पणीको रुपमा लिएका छन्।
यस प्रकारका अभिव्यक्तिहरू समाजमा गलत सन्देश प्रवाह गर्छन् र महिलाप्रति गरिने असमान र असभ्य व्यवहारलाई प्रोत्साहन दिने गर्दछ । यस्तो स्थितिमा, राजनीतिक नेताहरूको जिम्मेवारीपूर्ण र सम्मानजनक व्यवहारको अपेक्षा गरिन्छ। ओलीको टिप्पणीले नेपाली राजनीतिमा महिला सहभागिताप्रति गम्भीर प्रश्न खडा गरेको छ र यसको निन्दा गरिनु आवश्यक छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया