डरलाग्दो दरबार हत्याकाण्ड भएको २३ वर्ष पुरा

काठमाडौं - २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनाश भएको आज २३ वर्ष पुरा भएको छ ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि राजपरिवारको वंश नास भएको जेठ १९ को कालो दिनलाई कुनै नेपालीले भुल्न सकेका छैनन् ।
राजा वीरेन्द्रको वंश नास भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । नेपालका राजनीतिक दलहरूले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काए र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । नेपालको इतिहासमा ज्ञानेन्द्र शाह अन्तिम राजा बने ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया