जापानको नागोयामा 'नेपाल फेस्टिवल' हुँदै

काठमाडौँ - जापानको नागोयामा नेपाल फेस्टिवल हुने भएको छ। नेपाली राजदूतावास टोकियोको सहयोगमा गैर आवासीय नेपाली संघ (एनआरएन ) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा जुन ८ र ९ मा फेस्टिवल हुन लागेको हो । आदिवासी जनजाति महासंघ जापान मुख्य सह-आयोजक एवं नागोयामा अवस्थित विभिन्न सामाजिक संस्थाहरू सहआयोजक को रुपमा रहेका छन्।
फेस्टिवल आयोजनामा जाइकालगायत जापानको स्थानीय सरकार आइची प्रिफेक्चर, नागोया नगरपालिका पनि सहभागी हुनेछन्।
गैर आवासीय नेपाली संघ (एनआरएन ) जापान नागोया क्षेत्रीय समितिका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिवल मूल आयोजक समितिका संयोजक देव घिमिरेका अनुसार यो नेपाल फेस्टिवल जापानमा भएका अन्य नेपाली फेस्टिवल भन्दा पृथक र अहिलेसम्मकै उत्कृष्ट हुनेछ।
साथै मूल आयोजक समितिका सदस्य एवं फेस्टिवल प्रचारप्रसार समितिका संयोजक विष्णु प्रसाद घिमिरेले यस फेस्टिवलमा कम्तीमा पनि एक जना नेपालीले एक जना जापानी नागरिकलाई सहभागी गराउने अभियान नै चलाइएको जानकारी दिएका छन् । उनले सबैको साथ र सहयोगको लागि अनुरोध गरेका छन्।
फेस्टिवल हुने स्थान:
आइचिकेन नगोयासी नाकाकु साकाए ३-६५ एडिओन हिसाया हिरोबा

नजिकबाट नियालेको नेतृत्व

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रतिक्रिया