मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ - नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्या्ङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको शाखाले जनाएको छ। 

यस्तै आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा तथा  बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।