इंगल्यान्डविरुद्ध स्कटल्यान्ड : विश्वकै सबैभन्दा पुरानो फुटबल भिडन्त
काठमाडौँ : अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा पुरानो भिडन्त इंगल्यान्डविरुद्ध स्कटल्यान्ड नै हो । यी दुई टिम अन्य टिम भन्दा धेरै पटक एक-आपसमा खेलेका छन् । तर मुख्य प्रतियोगितामा भने भने इंगल्यान्ड र स्कटल्यान्ड जम्मा दुई पटक मात्रै आमनेसामने भएका छन् । त्यो पनि युरोमा ।
इंगल्यान्ड र स्कटल्यान्ड पछिल्लो पटक युरो १९९६ मा भिडेका थिए । जसमा विजयी भएको थियो, इंगल्यान्ड । त्यसकारण यसपटक स्कटल्यान्डसँग बदला लिने मौका छ । उता ग्यारेथ साउथगेट भने जितसहित आफ्नो टिमलाई युरोको अन्तिम १६ मा पुर्याउन चाहन्छन् । संयोगबस साउथगेट २५ वर्षअघि स्कटिस टिमविरुद्ध जित निकाल्ने इंग्लिस टिमको हिस्सा थिए । यद्यपि साउथगेटले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डविरुद्ध जित निकालेर युरोको प्रि-क्वार्टरफाइनल प्रवेश गर्न सजिलो भने नभएको सन्देश दिइसकेका छन् ।
‘स्कटल्यान्डसँगको खेल अन्य खेलभन्दा फरक हुने छैन । हाम्रो उदेश्य यो खेल जित्दै अन्तिम १६ पुग्ने हो । हामी त्यसमै केन्द्रित हुनेछौँ,’ साउथगेटले भने । जारी युरोमा यसअघि नै इटाली, बेल्जियम र नेदरल्यान्ड्सले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।
इंगल्यान्ड र स्कटल्यान्डबीचको खेल लन्डनको वेम्बली रंगशालामा हुनेछ । कोभिड-१९ प्रोटोकलका कारण २२ हजार पाँच सय दर्शकलाई मात्रै रंगशाला प्रवेश अनुमति दिइनेछ । त्यसमध्ये २५ सय स्कटिस समर्थक हुनेछन् । तर टिकट नभएका हजारौँ स्कटिस समर्थक पनि लन्डन पुगिसकेका छन् ।
समूह डी मा हाल चेक गणतन्त्र तनि अंक सहित शीर्षस्थानमा छ । इंगल्यान्डले उति नै अंक बटुले पनि समूहको दोस्रो स्थानमा छ । पहिलो खेलमा चेक गणतन्त्रसँग २-० ले पराजित भएको स्कटल्यान्डले अन्तिम १६ को सपना जिवित राख्ने भए इंगल्यान्डबाट अंक खोस्नु पर्नेछ ।
स्कटल्यान्डसँग इंगल्यान्डलाई स्तब्ध बनाउने क्षमता नभएको होइन । त्यसमा पनि आर्सनलका रक्षक केरन टिर्नेको पुनरागमनले स्कटिस टोली थप बलियो बनेको छ । ‘केरनको पुनरागमनले हामीलाई उत्साहित बनाएको छ,’ स्कटल्यान्डका मिडफिल्डर स्कट म्याकटोमिनेले भनेका छन् । उता इंगल्यान्डका सबै खेलाडी फिट छन् । रक्षक ह्यारी मग्वायेर पनि टिममा फर्किसकेका छन् । इंगल्यान्डले क्रोएसियालाई हराउँदा म्यानचेस्टर युनाइटेडका कप्तान अनुपस्थित थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया