गृहमन्त्रीलाई रामहरि खतिवडाको प्रश्न - देश हुकुमी शासनमा चलाउन खोजेको हो ?

काठमाडौँ - नेपाली काँग्रेसले हुकुमी शासनबाट देश चलाउने हो भन्दै प्रश्न गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रत लक्षित गर्दै आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेस नेता रामहरि खतिवडाले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । उनले मिडिया ट्रायल गरेर, ट्वीट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न गरे । उनले यो काम तत्काल बन्द गर्नका लागि रूलिङको माग गरे ।
उनले मुलुक हुकुमी शासनमा नभइ कानुनी आधारमा चल्नुपर्ने बताए । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे ।
'उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,' उनले भने, “मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने रु कुन कानुन र नियममा छ रु यसरी मुलुक चलाउने ?'

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया