आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह

काठमाडौँ- प्रतिनिधिसभा सदस्य माधव सापकोटाले बाढी पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न सरकारसँग आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद सापकोटाले सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीको बाढी पीडितले हालसम्म राहत रकम पाउन नसकेको उल्लेख गर्दै समयमै उपलब्ध गराउन सरकारसँग माग गरे ।

'हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, बाढी पहिरोजस्ता घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीमा जुट्न आवश्यक छ,' उनले भने, 'पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ, यसको न्यूनीकरणमा हाम्रो भूमिका के रहने भन्नेमा स्पष्ट हुनुपर्छ ।'

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा दिगो विकास र जलवायु परिवर्तनलाई प्राथमिकता दिनु स्वागतयोग्य रहेको सांसद सापकोटाको भनाइ छ । सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले यसले जलवायु परिवर्तन न्यूनीकरणमा मद्दत पुगेको बताए । 'जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रदेखि समुन्द्र सतहसम्मको मानव जीवनमा असर गरेको छ,' उनले भने, 'जलवायु परिवर्तन न्यूनीकरणकोे अभियानमा नलागे मानव जीवन झन जोखिममा पर्छ ।'

आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने तथा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने उल्लेख छ । सांसद सापकोटाले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा संवाद गरी ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई निरन्तरता दिइने कुरा स्वागतयोग्य भएको उल्लेख गरे ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…