प्रभु बैँक-न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङबीच छुट सम्झौता

काठमाडौँ- प्रभु बैंकका कर्मचारी तथा सेवाग्राहीहरूलाई बाग्लुङमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजन ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टा छुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरद्वारा हस्ताक्षर गरियो ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा सेवाग्राहीहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सेवासुविधाहरू विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण बाग्लुङ जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रूपमा चिनिन्छ ।
अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मुस्ताङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरूका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बाग्लुङ झोलुङ्गे पुलहरूको जिल्लाको उपनामबाट परिचित छ । धौलागिरि र अन्नपूर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ ट्रेकिङ्ग, बाइकिङ्ग-याफ्टिङको तथा साहसिक चाहनेहरूका लागि उत्तम गन्तव्य स्थानका रूपमा लिइन्छ ।
कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्त्विक महत्वका स्थानहरूबाट समेत परिचित छ । त्यस्तै बाग्लुङको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त सिकार आरक्ष, ढोरपाटन सिकार आरक्ष जहाँ निलो भेडाहरूको प्रमुख बासस्थान रहेको पाइन्छ ।
ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवाप्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया