हावाहुरीले चितवनमा ११ बिगाह जग्गामा लगाएको केरा सखाप, करोडौंको क्षति
काठमाडौँ- शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौंको क्षति भएको छ ।
हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् । हावाहुरीले चितवनको करिब २ हजार ५ सय बिगाहमा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए । हावाहुरीले चितवनका किसानहरूको करिब १२ करोड बराबरको केरा क्षति भएको उनले जानकारी दिए ।
चितवनमा हावाहुरीले हालसम्मकै ठूलो केरा खेतीमा क्षति भएको किसानहरूले बताए । जेठ महिनामा यसरी हावाहुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको उनीहरूको भनाइ छ । हावाहुरीले मुखमा आएको बालीमा क्षति भएपछि किसानहरू चिन्तित छन् । हावाहुरीले ११ बिगाह जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगरपालिका ६ तुलसीपुरका किसान पुष्कर सिंहले बताए ।
हावाहुरीले टिपेर बेच्ने बेला भएको केरा पूर्ण रूपमा क्षति हुँदा किसानहरू निरास भएका छन् । चितवनमा करिब ३ हजार ५ सय बिगाहमा केरा खेती भए पनि १ हजार ५ सय बिगाहको केरामा मात्र बिमा गरिएको छ । केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन् ।
गत वर्ष बिमा कम्पनीले दिनुपर्ने ४ करोडमध्ये २ करोड रुपैयाँ मात्र किसानले पाएको र २ करोड अझ बाँकी रहेको छ । किसानहरूले प्रति बिगाहबाट करिब १० लाखको हारहारीमा केरा बिक्री गर्ने गरेका छन् । हावाहुरीले केरा खेतीमा ठूलो क्षति भएपछि किसानलाई क्षतिपूर्तिका लागि पहल गर्ने उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए ।
हावाहुरीका कारण ठूलो नोक्सान बेहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ ।

‘निसास्सिँदै तराई-मधेश, गहिरिँदै कृषि सङ्कट’

मनसुनी वर्षा : रोपाइँलाई राहत

केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर ब…

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

कृषि कर्ममा रमाउँदै लामिछाने
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

प्रतिक्रिया