दाङमा मोही किसान र प्रहरीबीच झडप
लाठी चार्ज र अश्रु ग्यास प्रहारबाट ५ जना घाइते

काठमाडौँ- दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले घोराहीमा रहेको मालपोत तथा नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।
आफूहरूका माग सरकारले पटक-पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरेको मोही किसानहरूले जनाएका छन् । तालाबन्दीका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
प्रहरीको लाठी चार्ज र अश्रु ग्यास प्रहारबाट ५ जना घाइते भएका छन् । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गुठी जग्गालाई रैकर गर्नु पर्ने, जग्गामा रहेको दोहोरो स्वामित्व अन्त गर्नुपर्ने लगायतका माग राख्दै गत फागुन ८ गतेदेखि गुठी पीडित किसानहरूले एक महिनासम्म दाङमा शान्तिपूर्ण आन्दोलन गरेका थिए । त्यसपछि सरकारले मोही किसानका समस्या समाधान गर्ने भन्दै वार्ता समिति गठन गरी सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन हुन नसकेको मोही किसानहरूको गुनासो छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया