लाखौं वाईफाई राउटरहरू ह्याकरहरूको पहुँचमा

काठमाडौँ- सिइआरटी– इनका अनुसार वाईफाई राउटरहरूमा भएका त्रुटीको फाइदा उठाएर ह्याकरहरूले तपाईँको राउटरमा लगइन गर्न सक्छन् र डाटामा पहुँच पुर्याउन सक्छन् । यसबाहेक लगइन आईडी र पासवर्ड पनि परिवर्तन गर्न सक्छन् । यदि तपाईँ सचेत हुनुहुन्न भने हामी तपाईँलाई बताउँछौं कि वाईफाई राउटर एक उपकरण हो जसले लगभग १०० मिटरको जुनसुकै क्षेत्र भित्र वायरलेस इन्टरनेट प्रदान गर्दछ ।
यदि तपाईँको घरमा पनि वाईफाई इन्टरनेट जडान गरिएको छ भने तपाईँका लागि यो खबर काम लाग्ने हुन सक्छ । भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सिइआरटी–इन) ले वाईफाई राउटरहरूको सम्बन्धमा अलर्ट जारी गरेको छ । सिइआरटी–इनले सबै ब्रान्डका वाईफाई राउटरहरूका सम्बन्धमा सबै राउटरहरूमा उच्च स्तरका त्रुटीहरू छन् जसको फाइदा ह्याकरहरूले उठाउन सक्ने बताएको छ ।
सिइआरटी–इनका अनुसार यस त्रुटीको फाइदा उठाएर, ह्याकरहरूले तपाईँंको राउटरमा लगइन गर्न सक्छन् र डाटमा पहुँच गर्न सक्छन् । यसबाहेक लगइन आईडी र पासवर्ड पनि परिवर्तन गर्न सक्छन् । यदि हामी सचेत भएनौँ भने ह्याकरहरूले वाईफाई राउटरहरूमा भएको त्रुटीको फाइदा उठाएर हाम्रो डाटामा पहुँच बनाइ क्षति गर्न सक्छन् ।
सिइआरटी–इनले यो बग टिपि लिड्ढको राउटरहरूमा रहेको बताएको छ । यो राउटर भारत र नेपालमा सबैभन्दा बढी प्रयोग गरिन्छ । यस बगको फाइदा उठाएर, ह्याकरहरूले मनोमानी कोडमा पहुँच गर्न सक्छन् र राउटरमा जडान भएका उपकरणहरूमा पनि छेडछाड गर्न सक्छन् । सिइआरटी–इनका अनुसार यो बग यति ठूलो छ कि पासवर्ड बिना नै राउटरमा लगइन गर्न सकिन्छ ।
यस बगबाट बच्ने एक मात्र तरिका तपाईँको वाईफाई राउटर अपडेट गर्नु हो । लग इन गरेपछि तपाईँले फर्मवेयर अपडेट आएको देख्नुहुनेछ जुन अपडेट गर्न आवश्यक छ । यसबाहेक, पूर्वनिर्धारित लगइन आईडी र पासवर्ड परिवर्तन गरेर यो बगबाट बच्न सकिन्छ । वाईफाई राउटरको रिमोट सेटिड्ढ सिस्टम पनि बन्द गर्नु उपयुत्त मानिन्छ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया