कोशीको आर्थिक सल्लाहकारमा डा. सुवेदी नियुक्त

विराटनगर- उपप्राध्यापक डा. मोहन सुवेदी कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आइतबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक हुन् । उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् ।
यसअघि उनले प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसकेका छन् । मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल र जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरिसकेका छन् ।

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

पहिरोले घर पुरिँदा चार जना घाइते

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

तिलाहारमा बेठीका साथ रोपाइँ

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

प्रतिक्रिया