क्रिकेट विश्वकप : अन्तिममा रोमाञ्चक बन्दै बराबरीमा रोकिए ओमान र नामिबिया

काठमाडौँ- जारी आइसिसी टि-२० विश्वकपमा नामिबिया र ओमानले बराबरी खलेका छन् । निर्धारित २० ओभरमा नामिबियाले १०९ बनाउँदै बराबरी खेलेको हो । ओमान भने १९.४ ओभरमा अलआउट भएको थियो
सोमबार बिहान टस जितेर नामिबियाले फिल्डिङ रोजेको थियो । ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन मात्र जोड्न सक्यो । अन्तिम समयमा निकै रोमाञ्चक बनिरहेको खेल बराबरीमा रोकियो ।
नामिबियाका माइकल भान लिङ्गेन २ बल खेलेर आउट भए । उनले रन बनाउन सकेनन् । त्यस्तै निकोलस डेभिन ३१ बलमा २४ रन बनाएर आउट भए ।
नामिबियाका कप्तान जेराल्ड इरास्मसले १६ बलमा १३ रन जोडेर आउट । त्यसैगरी जोनाथन स्मिथले पनि १२ बलमा ८ रन बनाउँदै आउट भए ।
जेन फ्राइलिंकले ४८ बलमा ४५० रन बनाएर आउट भए ।
त्यसैगरी डेभिड विसले ८ बलमा ९ रन जोडे । मेलन क्रुगरले १ बलमा १ रन बनाए ।
त्यस्तै ओमानका लागि अलराउन्डर खालिद काइल ३९ बलमा ३४ रन बनाए । त्यस्तै ब्याट्सम्यान जिसन मक्सुदले २० बलमा २२ रन बनाएका थिए । त्यसैगरी अर्का ब्याट्सम्यान आयान खानले १५ रन भने बलर शकील अहमदले ११ रन बनाए ।
नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी अलराउन्डर डेभिड विसले ३ विकेट लिएका थिए । अलराउन्डर जेर्हार्ड इरास्मसले २ विकेट लिए भने बलर बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।
नामिबिया र ओमान दुवै टोली तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो भने ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया